पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

बागमती र गण्डकीका थोरै स्थान तथा  बाँकी प्रदेशको एक–दुई स्थानमा  हल्का वर्षा भइरहेको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा भारतको उत्तर प्रदेश र आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ।  

जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र गण्डकीका थोरै स्थान तथा  बाँकी प्रदेशको एक–दुई स्थानमा  हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।