कुवापानी पहाडबाट गत साउन ६ गतेदेखि खसेको पहिरो र बाढी पसेपछि ताल कमेरो माटोसहितको लेदोले भरिएको छ। सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय नवीन जिसीले बताए।
पर्वत– पर्वतको जलजला गाउँपालिका–२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिराका कारण बगरमा परिणत भएको छ।
जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिरोले ताल पुरिएको हो। समुद्री सतहदेखि एक हजार ९५० मिटर उचाइमा अवस्थित आदिबराहताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ।
अंग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको छ। करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेको थियो। तालमात्र नभई त्यसमा रहेको बराह मन्दिरसमेत जोखिमा परेको छ।
स्थानीय बासिन्दाका अनुसार नीलो तालको बीचमा बयसको रुखसँगै रहेको बराहको मन्दिर मनमोहक देखिन्थ्यो। “यो बराह मन्दिर रहेको ताल प्राकृतिक हो। यो मन्दिर स्थापनाको इतिहास खोज्दै जाँदा १२औँ शताब्दीसम्म पुगिन्छ,” स्थानीय थलबहादुर घर्ती क्षेत्रीले भने।
कुवापानी पहाडबाट गत साउन ६ गतेदेखि लगातार पहिरो बग्दै आएर बाढी पसेपछि ताल कमेरो माटोसहितको लेदोले भरिएको छ। सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय नवीन जिसीले बताए। प्रत्येक वर्ष जनैपूर्णिमामा आदिबराहताल मन्दिरमा भव्य पूजासहित मेला लाग्ने गर्छ। मेला हेर्न र बराह देवताको पूजा गर्नका लागि भक्तजन तथा सर्वसाधारणको घुइँचो लाग्ने गर्थ्यो।
स्थानीय टेकबहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा ताल संरक्षण समिति गठन गरिएको छ। समितिका अध्यक्ष घर्तीका अनुसार बजेट अभावमा तालभित्रको कमेरो लेदोमाटो हटाउन र तालसम्म पुग्ने कच्ची बाटो मर्मत गर्न सकिएको छैन।
तालसँगै रहेको घर्ती क्षेत्रीहरूको बराह मन्दिर गत वर्ष मात्रै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। पछिल्लो समय ताल संरक्षणका लागि विभिन्न काम गरिएको भए पनि पहिराले सबै ध्वस्त बनाएको अध्यक्ष घर्तीले बताए। छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबाट मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुग्न सकिन्छ। अहिले मोटरबाटोको समेत सुविधा पुगेको थियो।
तालबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ। हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्थ्यो। यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। घर्ती क्षेत्रीको कूलपूजासमेत यही तालको नजिकैमा रहेको मन्दिरमा गरिने भएकाले पनि यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेको स्थानीय युवा नवीन जिसीले बताए।
“छेउमै रहेको ढुंगेधारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन्,” उनले भने, “तालको बीचमा रहेको मन्दिर र बरको रुखले समेत यो ताललाई आकर्षक बनाएको छ। बराहताल अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्छ। कुवापानीको पहाड नै चर्किएर झरेको पहिराले सात घर विस्थापित बनेका छन्।
तालसहित ८५ रोपनी क्षेत्रफलमा फैलिएको खेतीयोग्य खेतबारीसमेत बगरमा परिणत भएको छ। पहिराको केही दिनअघि खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन गरेर फर्किएको छ। तर, प्रतिवेदन आउन भने बाँकी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
