काेटेश्वरमा बाटाेमै फाेहाेर फाल्ने १६ जना पक्राउ, ७२ हजार रुपैयाँ जरिबाना

महानगर प्रहरीले बुधबार बिहान काेटेश्वरका सडकमा फाेहाेर फाल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेकाे हाे।

काठमाडौँ– काठमाडाैँको काेटेश्वर क्षेत्रमा बाटाेमै फाेहाेर फाल्ने १६ जनालाई पक्राउ गरेर महानगरले जरिबाना तिराएकाे छ।

काठमाडाैँ महानगर प्रहरीले बुधबार बिहान काेटेश्वरका सडकमा फाेहाेर फाल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेकाे हाे। पक्राउ गरिएका उनीहरूबाट ७२ हजार रुपैयाँ जरिबाना तिराएकाे महानगरले जनाएकाे छ। महानगरका अनुसार फोहोमैला संकलन गर्ने गाडी प्रत्येक दिन बिहान ६ बजेपछि पुग्ने भए पनि स्थानीयले यसरी बाटाेमै फाेहाेर पाल्ने गरेका छन्। महानगर प्रहरीले यसरी बाटाेमै फाेहाेर फाल्नेलाई समातेर कारबाही गर्दै आएकाे छ।