यस्तै, प्रहरीले व्यावसायिकरूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्दै उनका परिवारसमेतलाई सुरक्षा चुनौती दिने गरेको विषयमा पनि प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काठमाडौँ– चलचित्र तथा सार्वजनिक कार्यक्रममा प्रहरी पोशाकको दुरूपयोग हुन थालेपछि प्रहरी प्रधान कार्यालयले यस्ताे नगर्न सम्बन्धित सबैलाई सचेत गराएकाे छ।
विगत केही समययता नेपाली चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो तथा फेसबुक, टिकटक लगायत सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरूपयोग बढेको कार्यालयले जनाएकाे छ। यसरी प्रहरी पाेशाककाे दुरूपयाेग गरेर सांगठनिक मर्यादा विपरीतका अपशब्द एवं संवादलाई प्रस्तुत गरेकाले त्यसले प्रहरीकाे छविमै असर पर्ने केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताए। प्रहरीको पोशाक प्रयोग गर्नुपूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालबाट अनुमति लिनुपर्छ। यदि पूर्वस्वीकृति नलिइ तथा स्क्रिप्ट अनुसारबाहेक अन्य प्रयोजनका लागि यस्तो पोशाक, दर्जानी चिन्ह लगायत संवादको प्रयोग गरेकाे पाइए कारबाही हुने कडायतले बुधबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
यस्तै प्रहरीले व्यावसायिकरूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्दै उनका परिवारसमेतलाई सुरक्षा चुनौती दिने गरेको विषयमा पनि प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधिले प्रहरी कर्मचारीको व्यावसायिक मनोबलमा प्रतिकूल असर पार्ने भएकाले यस्ता कुनै पनि गतिविधि गरेको पाइए प्रचलित कानूनबमोजिम कारबाही हुने पनि कार्यालयले जनाएको छ।
केहीदिन पहिले काेशी प्रदेशसभा सदस्य ताप्लेजुङका खगेनसिङ हाङगामले डीएसपी राजन लिम्बूलाई सार्वजनिक कार्यक्रममै ज्यान मार्ने धम्की दिएका थिए। घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
