स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा सरकारी अस्पतालमा अनुगमन गरेको हाे।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ। सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले बुधबार गरेकाे अनुगमनमा औषधि भण्डारणदेखि याेजना निर्माणमा अनियमितता भएकाे पाइएकाे छ।
अनुगमन टोलीले, अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधि उपकरणको अभिलेख, खरिद योजना तथा एक वर्षभित्रको खरिदको अभिलेख, औषधि मौज्दात विवरण, आपूर्ति व्यवस्थापन, औषधि तथा उपकरणको अद्यावधिक विवरणको अनुगमन गरेको थियो। उपत्यकामा रहेका वीर अस्पताल, कान्तिबाल अस्पताल, शहीद गंगालाल हृदय केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर क्यान्सर अस्पताल र मानसिक अस्पताल पाटनमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभावको साथै सबै अस्पतालमा मौज्दात स्वास्थ्य सामाग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको व्यवस्थापन नभएको पाइएको थियो। गंगालाल अस्पतालमा तथ्याङ्क राम्रो नभएको, चालु आर्थिक वर्षको योजना नभएको, कति औषधि तथा उपकरण खरिद गरेको र कति बाँकी छ भन्ने यकिन नभएको पाइएको थियो।
यस्तै टेकु अस्पतालमा भने निर्देशकको अनुपस्थिति रहेको थियो। फोहोरमैला व्यवस्थापन राम्रो नभएको , खरिदको योजना नभएको, महामारी संक्रामक रोग सम्बन्धी अस्पताल भए पनि आकस्मिक रूपमा महामारी फैलदा त्यसको व्यवस्थापन गर्ने तयारी नभएको पाइएको थियो। अस्पतालका कर्मचारीहरूले निर्देशकले अस्पतालको सुधारमा चासो नदिने, समय नदिने लगायतका गुनासो गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
