डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा २ जनाको मृत्यु

अत्तरियाबाट डोटीतर्फ गइरहेको अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको छ।

डडेलधुरा– डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

भीमदत्त राजमार्गअन्तर्गत मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा बुधबार राति अटोरिक्सा दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको नायकले बताए। 

अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन्। उनको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन।