भियतनामको आवासीय भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु

आगो नियन्त्रण सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा भवनका मालिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

तस्वीर: एएफपी

भियतनामको राजधानी हनोईस्थित एक आवासीय भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु भएको छ।

मंगरबार राति १० तले भवनको पार्किङ फ्लोरमा आगलागी भएको थियो। हनोई प्रहरी विभागले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्। मृत्यु हुनेमा कम्तीमा तीन जना बालबालिका पनि छन्।” 

आगलागी हुँदा उक्त भवनमा १५० जना बसेका थिए। आगो बुधबार बिहान मात्र नियन्त्रणमा आएको थियो। आगलागीको कारण खुल्न सकेको छैन।

यसैबीच, आगो नियन्त्रण सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा भवनका मालिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।