डेर्नाका मेयर अब्दुलमेनम अल–घैथीले बताएअनुसार बाढीले क्षतिग्रस्त जिल्लाहरूको संख्याको आधारमा शहरमा मृत्यु हुनेको संख्या १८ हजार देखि २० हजारसम्म पुग्न सक्नेछ।
विनाशकारी बाढीको चपेटामा परेका लिबियाको डेर्ना शहरका बासिन्दाहरूले उद्धारकर्मीसँगै आफ्ना बेपत्ता आफन्तहरूको खोजी गरिरहेका छन्। उद्धारकर्मीहरूले थप सहयोगको अपिलसमेत गरिरहेका छन्। गएकाे आइतबार लिबियाकाे पूर्वी क्षेत्रमा आएको भीषण बाढीले हजारौँ मानिसहरूको ज्यान लिनुका साथै धेरैलाई बगाएर समुद्रमा पुर्याएको छ।
भूमध्यसागरीय शहरमाथि रहेको ड्याम बिस्फोट भएपछि आएको आँधीले शहर नष्ट भएको हो। शहरभित्र सुतिरहेका मानिसहरूसहित बहुतले भवनहरू ध्वस्त भएका छन्। लिबियाका आन्तरिक मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट तारेक अल–खरराजले बुधबार एएफपी समाचार एजेन्सीलाई दिएको जानकारीअनुसार भूमध्यसागरीय शहरमा अहिलेसम्म ३ हजार ८४० जनाको मृत्यु भइसकेको छ। जसमा ३ हजार १९० जना पुरिएका छन्। तिनीहरूमध्ये कम्तीमा ४०० विदेशीहरू थिए। उनीहरू प्रायः सुडान र इजिप्टका नागरिक थिए।
यसैबीच, पूर्वी लिबियाको प्रशासन हेर्ने नागरिक उड्डयनमन्त्री हिचेम अबु चकियोतले रोयटर्स समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार अहिलेसम्म ५ हजार ३०० भन्दा बढी मृतकको गणना भइसकेको छ। र, यो संख्या उल्लेखनीय रूपमा बढ्ने र दोब्बर हुनसक्ने बताएका छन्। डेर्नाका मेयर अब्दुलमेनम अल–घैथीले साउदीको स्वामित्वमा रहेको अल अरेबिया टेलिभिजनलाई बताएअनुसार बाढीले क्षतिग्रस्त जिल्लाहरूको संख्याको आधारमा शहरमा मृत्यु हुनेको संख्या १८ हजार देखि २० हजारसम्म पुग्न सक्नेछ।
अधिकारीहरूले बेपत्ताको संख्या १० हजार रहेको बताएका छन् भने संयुक्त राष्ट्र संघको सहायता एजेन्सी ओसीएचएले यो संख्या कम्तीमा ५ हजार भएको बताएको छ। समुद्री किनारमा कपडा, खेलौना, फर्निचर, जुत्ता र अन्य चीजहरू छरपस्ट छन्। सडकहरू माटोले ढाकिएका छन् र उखेलिएका रूखहरू र सयौँ कारहरू छरिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
