बसकाे ब्रेक फेल हुँदा दुर्घटना भएकाे हाे।
काठमाडाैँ– पाल्पाकाे तानसेन बजारमा बिहीबार बेलुका बस दुर्घटना भएकाे छ। पाल्पाबाट काठमाडौँका लागि छुटेको लु २ ख १४०३ नम्बरको रात्रि बस राति साढे आठ बजेतिर तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना भएको वडाध्यक्ष हेमन्तराज शाक्यले बताए।
उनका अनुसार बसकाे ब्रेक फेल भएर नालीतिएर गएकाे र घरमा ठाेक्किँदा दुर्घटना भएकाे हाे। "ब्रेक फेल भएर सडकछेउकाे नालीमा गएकाे छ, घरमा पनि असर गरेकाे छ," उनले उकालाेसित भने,"सख्त घाइते काेही छैन,बसकाे अगाडिपट्टि बुनाेटमा बसेकालाई सिसाले लागेकाे छ, १२ जना जति घाइते भएका छन्।"
बसमा ड्राइभरसहित ५० जना भएकाे र दुर्घटनामा परेर घाइते भएका १२ जनालाई मिसन अस्पताल लगिएकाे उनले जानकारी दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
