श्रीलंकालाई अन्तिम २ बलमा जितको लागि ६ रन चाहिएको थियो। चरिथ असंलकाले पाँचौँ बलमा चौका र अन्तिम बलमा २ रन बटुल्दै रोमाञ्चक जित दिलाए।
काठमाडौँ– घरेलु टोली श्रीलंका एशिया कपको फाइनलमा पुगेको छ। बिहीबार राति भएको सुपर फोर खेलमा पाकिस्तानविरुद्ध २ विकेटको रोमाञ्चक जित दर्ता गर्दै श्रीलंका उपाधि नजिक पुगेको हो।
अब श्रीलंकाले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ। कर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा जितको लागि श्रीलंकाले २५२ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।
श्रीलंकालाई अन्तिम २ बलमा जितको लागि ६ रन चाहिएको थियो। चरिथ असंलकाले पाँचौँ बलमा चौका र अन्तिम बलमा २ रन बटुल्दै रोमाञ्चक जित दिलाए। उनी ४७ बलमा ३ चौका र १ छक्कासहित ४९ रनमा नटआउट रहे।

कुशल मेन्डिसले सर्वाधिक ९१ रनको योगदान दिए। उनले ८७ बलमा ८ चौका र १ छक्का प्रहार गरे। ओपनर पाथुम निसांका २९ र कुशल परेरा १७ रनमा आउट भएका थिए। यस्तै, सदिरा समाराविक्रमाले ५१ बलमा ४ चौकासहित ४८ को योगदान दिए।
पाकिस्तानका इफ्तिखर अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ विकेट लिए। शादब खानको नाममा १ विकेट रह्यो।
त्यसअघि कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै २५२ रन बनाएको थियो। पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ८६ रन बनाए।

उनले ७३ बलमा ६ चौका र २ छक्का प्रहार गरे। ओपनर अब्दुल्लाह शफिकले ६९ बलमा ३ चौका र २ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। इफ्तिखर अहमदले ४७ तथा कप्तान बाबर आजमले २९ रन बताए।
श्रीलंकाका मथिसा पाथिरानाले सर्वाधिक ३ विकेट लिए। प्रमोद मदुशानले २ तथा दुनिथ वेलालागे र महेश थिक्सेनाले समान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
