महानगरको कृषि तथा पशुपंक्षी विभागले सूचना जारी गर्दै खुला रूपमा दूध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न अनुरोध गरेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले खुला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री नगर्न निर्देशन दिएको छ।
महानगरको कृषि तथा पशुपंक्षी विभागले सूचना जारी गर्दै खुला रूपमा दूध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न अनुरोध गरेको हो।
“खुला रूपमा दूध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम सञ्चय तथा बिक्री वितरण गर्नुका साथै दर्ता र नवीकरण नभएका डेरीले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन हुन सूचित गरिन्छ,” सूचनामा भनिएको छ।
सूचनाको अवज्ञा गर्दै मापदण्ड पालना नगर्ने डेरीलाई कानूनबमोजिम कारबाही हुनेसमेत महानगरले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
