अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटना भएको थियो। विमानमा चालक दलका दुई सदस्यसहित आठ जना सवार थिए।
भारतको मुम्बईस्थित विमानस्थलमा बिहीबार राति एउटा सानो विमान दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो। विमानमा चालक दलका दुई सदस्यसहित आठ जना सवार थिए।
दुर्घटनापछि विमानस्थलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार बेलुका ६ः४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो।”
भारी वर्षाका कारण उक्त सामयमा विमानस्थलको भिजिबिलिटी ७०० मिटर मात्रै रहेको बताइएको छ।
दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि रोकिएको थियो। जसका कारण उडान आगमन र प्रस्थानमा ढिलाइ भएको थियो।
नागरिक उड्डयन महानिर्देशनालयले अनुमति दिएपछि मध्यरातपछि रनवे सञ्चालनका लागि खुला गरिएको समाचार संस्था एएनआईले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
