स्थानीय सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै उनीहरूले राजीनामा दिएका हुन्।
काठमाडौँ– मकवानपुरको हेटौँडा अस्पतालमा कार्यरत डाक्टरसहित ७८ जना स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन्।
स्थानीय सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै उनीहरूले राजीनामा दिएका हुन्।
घटनाको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालका मेसु डा. रामचन्द्र सापकोटाले बताए।
“पीडित चिकित्सकलाई आक्रमणकारीले प्रहरीकै अगाडि ज्यान मार्ने धम्की दिँदासमेत प्रहरी निरीह बनेको अवस्था छ,” उनले भने, “त्यसैले आन्दोलनमा उत्रिन बाध्य भएका हौँ।”
एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको समूहले बुधबार अस्पतालभित्रै छिरेर डाक्टरमाथि कुटपिट गरेका थिए।
प्रहरीले कुटपिटमा संलग्न मृतककी श्रीमती रमा, छोरा रोहित, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
