नेपाल रहेको समूहमा बहराइन, साउदी अरब र इरान छन्। प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एशिया कपमा स्थान बनाउने छन्।
काठमाडौँ– नेपाल क्रिकेट संघ क्यानले एसीसी यू-१९ प्रिमियर कपको लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
अर्को वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकपमा पुर्याएका खेलाडीसहित केहीलाई समेट्दै क्यानले शुक्रबार बन्द प्रशिक्षणमा बोलाएको हो।
प्रशिक्षणमा आईसीसी यू-१९ एशियाली छनोट खेलेका कप्तान देव खनाल, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशालविक्रम केसी र मिलन बोहरालाई प्रशिक्षणमा बोलाएको छ।
यस्तै, मलेसियामा आयोजना भएको एसीसी यू-१६ इस्ट जोन कप जितेको टोलीबाट आकाश चन्द, नरेन भट्ट, निरज यादवलगायतका खेलाडीलाई बोलाइएको छ।
प्रज्वल थापा, तुलबहादुर थापा, नर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिश सिंह ठकुरी, अशोक पौडेल र अविनाश तिवारी पनि टोलीमा परेका छन्।
एसीसी प्रिमियर कप मलेसियामा अक्टोबर १२ देखि २४ सम्म आयोजना हुँदै छ। प्रतियोगितामा १६ टोलीको सहभागिता रहने छ। नेपाल समूह ‘ए’मा रहेको छ।
उक्त समूहमा नेपालसँगै बहराइन, साउदी अरब र इरान छन्। प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एशिया कपमा स्थान बनाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
