काठमाडौँको सितापाइलामा रहेको म्यानपावर कम्पनी ‘एडभेन्चर ह्युमन रिसोर्सेज प्राली’बाट उनीहरु सन् २०२२ को फेब्रुअरीमा साउदी पुगेका थिए।
काठमाडौँ– साउदीअरबमा १८ जनाभन्दा धेरै नेपाली चार महिनादेखि अलपत्र परेका छन्। वैदेशिक रोजगारीमा गएका उनीहरू पछिल्लो चार महिनादेखि काम नपाएर साउदीको अलकसिब भन्ने क्षेत्रमा अलपत्र परेका हुन्। उनीहरूले बाटौमै बसेर खाना खाइरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा छाएको छ।
काठमाडौँको सितापाइलामा रहेको म्यानपावर कम्पनी ‘एडभेन्चर ह्युमन रिसोर्सेज प्राली’बाट उनीहरू सन् २०२२ को फेब्रुअरीमा साउदी पुगेका थिए। साउदीको सप्लाइ कम्पनीमा गएका उनीहरूले न भनेको तलब पाए, न त ढुक्कसँग काम नै। पछिल्लो ४ महिनादेखि उनीहरू काम नपाएर अलपत्र परेका छन्। काम लगाइदिन भनेर आफूलाई पठाउने म्यानपावर कम्पनीलाई पटक पटक सम्पर्क गर्दा पनि कुरा नसुन्ने उल्टै थर्काउने गरेको पीडितमध्ये एक मोरङका वालकृष्णप्रसाद मण्डलले बताए। एडभेन्चरका सञ्चालक कुलदीप जोशीले आफूहरूलाई थर्काउने गरेको उनले बताए।
"हामीले काममा लगाइदिनुस् भनेर कति पटक फोन गरिसक्यौँ तर क्यै रेस्पोन्स नै गर्दैन", उनले उकालोसँग भने "उल्टै म केही गर्न सक्दैन तिमीहरू जे गर्छौ गर भनेर थकाउँछन्।"
एडभेन्चर म्यानपावर कम्पनीले उनीहरूलाई साउदीको 'अमर अवाद बिन अब्दुल्ला अलमुताइरी' नामको सप्लाइ कम्पनीमा पठाएको हो। त्यहाँ भनेअनुसारको तलब पनि दिएको छैन। शुरूको एक महिना त काम पनि दिएन। पटकपटक काठमाडौँमा रहेको म्यानपावरमा फोन गरेपछि बल्ल साउदी पुगेको दोस्रो महिनादेखि काम पाएका थिए। त्यो पनि यहाँबाट सेवासुविधासहित १३०० रियाल भनेर लगेकोमा १००० रियाल मात्र दिएको पीडितको भनाइ छ।
शुरूमै नेपालबाट जाँदा आफूले सप्लाइ कम्पनीमा नजाने भने पनि म्यानपावर कम्पनीले कुनै समस्या हुँदैन, भइहाले हामी छँदैछौँ भनेर ढुक्क बनाएर पठाएको तर अहिले समस्या पर्दा नहेरेको पीडितको गुनासो छ। "हामीबाट पैसा लिँदाखेरि सप्लाइ कम्पनी होइन भनेर भन्यो। मलाई थाहा थियो, सप्लाइ कम्पनीमा यस्तै हुन्छ भनेर, त्यसैले सप्लाइ कम्पनीमा भए त म जान्न भनेको थिएँ’, उनले भने।
साउदीमा रहेको दूतावासमा फोन गर्दा पनि दूतावासका कर्मचारीले त्यहाँको श्रम अदालतमा जानुपर्छ, अझै एक महिना लाग्छ भन्ने जवाफ आएको उनको भनाइ छ। त्यति लामाे प्रक्रिया गर्न आफूहरूसँग पैसा पनि नभएकाे र समय पनि नभएकाे वालकृष्ण बताउँछन्।
यता एडभेन्चर म्यानपावर कम्पनी भने उनीहरूलाई काममा लगाउने प्रयास भइरहेको र भिडियोमा देखिएजस्तो अलपत्र नभएको दाबी गर्छ। म्यानपावरका सञ्चालकसँग सम्पर्क हुन सकेन। कम्पनीका कर्मचारी मीरा पाण्डेले आफूहरूले प्रयास गरिरहेको र चाँडै उनीहरूलाई काममा लगाउने बताइन्।
"उनीहरू काममा लागेको कम्पनी कोल्याप्स्ड भएर कामविहीन हुनुपरेको हो, हामीले सप्लाइ कम्पनीसँग कुरा गरिसकेका छौँ, नयाँ ठाउँमा काममा लगाउने प्रयास भइरहेको छ", उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
