उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो।
काठमाडाैँ– सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ। शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो।
योग्यता, क्षमता र अनुभवको आधारमा शर्मालाई सर्वाेच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिशमशेर जबराले जानकारी दिए।
"आजको समितिको बैठकले श्री विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गरी नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाइका लागि प्राप्त भएकोमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० बमोजिम समितिले सुनुवाइ गर्दा प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिमा नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन गर्ने प्रस्ताव पारित गरियाे," उनले भने।
उनका अनुसार प्रस्तावित न्यायाधीशलाई आजै समितिमा आमन्त्रित गरी संसदीय सुनवाइ कार्यसमेत सम्पन्न गरिएकाे छ।
शर्मामाथि संसदीय सुनुवाइ समितिमा कुनै पनि उजुरी परेको थिएन। न्याय परिषद्को गत भदौ १० गते बसेको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
