ताेलामा ६ सयले बढ्याे सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला ६ सय र चाँदीकाे मूल्य ५ रुपैयाँले बढेको छ।

काठमाडौँ– आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ।

छापावाल सुन ९७ हजार ३ सय र तेजाबी ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको थियो। शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय थियो।

तेजाबी ९६ हजार २ सयमा रुपैयाँमा कारोबार भएको थियो। यसैबीच आइतबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १३ सय रुपैयाँ कायम भएको छ।

कात्तिकमा सुनको मुल्य तोलामा ३ हजार ९ सय रुपैयाँले महँगो भएको छ।