शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदहरूले चुच्चे नक्साकाे विवाद मिलाउनेदेखि बीआरई परियाेजना अघि सार्नेलगायत विभिन्न सुझाव दिएका हुन्।
काठमाडाैँ– प्रधानमन्त्रीको चीन भ्रमणका लागि सांसदहरूले सुझाव दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदहरूले चुच्चे नक्साकाे विवाद मिलाउनेदेखि बीआरई परियाेजना अघि सार्नेलगायत विभिन्न सुझाव दिएका हुन्।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भ्रमणका बेलामा प्रधानमन्त्रीले देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी काम गर्नुपर्ने बताए। उनले नेपाली भूमिको सम्बन्धमा पनि कुटनीतिक रुपमा स्पष्ट रुपमा कुरा गर्नपर्ने सुझाव दिए।
उनले भने– "देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी राम्रो काम गर्नुहोस्। प्रधानमन्त्रीले कुटनीतिक रुपमा यो हाम्रो भूमिकाे बारेमा भारत र चीनसँग पनि सम्वाद गरेर याे विषय स्पष्ट कुरा गर्नु हुनेछ।" यस्तै, उनले प्रधानमन्त्रीको भ्रमणपछि तेल र रेलको समस्या समाधान हुने विश्वास पनि व्यक्त गरे।
नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधामन्त्रीको चीन भ्रमणमा बीआरआई याेजना र नेपाल–चीन विद्युत् व्यापारको विषयमा छलफल गर्नुपर्ने बताए। उनले चीनसँग ३/४ वटा नाका खोल्ने गरी छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
"बीआरआईलाई अगाडि बढाउनुपर्छ। थप सहयोगको क्षेत्र खोल्नुपर्छ। बिजुलीको बजार भारतमा हुँदा उसले भनेको भाउमा बेच्नुपर्ने अवस्था आउनसक्छ। त्यसो हुँदा बिजुलीको बजार चीन, तिब्बततिर पनि खोज्नुपर्छ," उनले भने, "ट्रान्समिसन लाइन नेपालको विभिन्न भागबाट चीनतिर कहाँ जोड्न सकिन्छ त्यो सम्भावना खोज्नुपर्छ। ३/४ वटा नाका खोल्नुपर्यो। कोरला लगायतका नाका खोल्नुपर्यो।"
उनले प्रधानमन्त्रीले अमेरिका हुँदै चीन जानु उपयुक्त नहुने पनि उल्लेख गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्शाको कुरा नटुंग्याइ चीन भ्रमण नजान सुझाव दिए। उनले हङकङ ट्रान्जिटमा नेपाल एअरलाइन्सले प्यासेन्जर बोक्न नपाएको भन्दै सो समस्या समाधान गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
"चीन भ्रमण जानु अगाडि हामीले भनेका छौँ, चुच्चे नक्शाको कुरा नटुंग्याइ चीन भ्रमण नगए हुन्छ," उनले भने, "चीन भ्रमण जाँदै गर्दा प्रधानमन्त्रीज्यूलाई हामीले के भनेका छौँ भने हङकङमा नेपाल एअरलाइन्स पनि जान्छ। त्यहाँको क्याथ एअरलाइन्स पनि छ। ट्रान्जिटमा नेपाल एअरलाइन्सले प्यासेन्जर बोक्न पाउँदैन। त्यो जसरी पनि अन्त्य गरेर नेपाल एअरलाइन्स्लाई पनि ट्रान्जिटका प्यासेन्जरहरू बोक्न पाउने नीति बन्नुपर्छ।"
शाहीले हङकङस्थित महावाणिज्य दूतावासले धेरै रकम कोठाभाडा बापत तिर्नुपरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले यस भ्रमणका क्रममा नेपाल–चीन नाका खोल्ने विषयमा निर्णय हुने बताएका छन्। व्यापारको विषयमा पनि छलफल हुने र देशको राष्ट्रियतालाई ख्याल गर्दै अन्य छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई पनि सुमधुर, सन्तुलित रुपमा राख्ने हिसाबले चिनियाँ पक्षसँग छलफल र सम्झौताहरू हुने बताए।
माओवादीकै अर्का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा सीमासम्बन्धी समस्या समाधान गर्ने विषयमा पनि छलफल हुने बताए। नेपालको चुच्चे नक्शाको सन्दर्भमा पनि चिनियाँ पक्षसँग छलफल हुने र प्रधानमन्त्रीले उनीहरूलाई सो कुराको बोध गराउने उनकाे भनाइ छ।
"मुलुक र जनताको हितलाई केन्द्रमा राखेर हामीले चीनसँगका हाम्रा समस्याहरू, विशेषगरी नाकामा समस्या छन्। व्यापारिक समस्या छन्। भौतिक पूर्वाधारमा चीनको सहयोगको अपेक्षासहित व्यवस्थित ढंगले चिनियाँ सरकारसँग हाम्रा कुराहरू राखिन्छ," उनले भने,"सीमा सम्बन्धी समस्याहरू छन्। सीमा सम्बन्धी समस्याहरूमा पनि छिमेकी राष्ट्रहरूलाई विश्वासमा लिएर समाधान गर्ने बारेमा राख्ने। चुच्चे नक्शाको कुरामा यो हाम्रो भूमि हो भन्ने कुरा बोध गराउने काम पनि योपटक एजेण्डाभित्रै पर्छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
