स्थानीय सरकारकाे दायित्व भनेकाे स्थानीय जनतालाई खेल्ने वातावरण बनाउने पनि भएकाे भन्दै मेयर शाहले यस्ताे सहमति भएकाे जनाएका छन्।
काठमाडाैँ– काठमाडाैँ महानगर र बागमती क्रिकेट संघबीच क्रिकेटकाे विकासका लागि सहकार्य गर्ने सहमति भएकाे छ। मेयर बालेन्द्र शाह र बागमती क्रिकेट संघका तर्फबाट पारस खड्काबीच शुक्रबार सहकार्य गर्नेबारे सहमति भएकाे हाे।
स्थानीय सरकारकाे दायित्व भनेकाे स्थानीय जनतालाई खेल्ने वातावरण बनाउने पनि भएकाे भन्दै मेयर शाहले यस्ताे सहमति भएकाे जनाएका छन्। सहमतिअनुसार काठमाडाैँका विद्यालय तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्ने र ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने बताएका छन्। उनले काठमाडाैँबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने अर्को खेलाडी थाेरै भएकाे भन्दै खेल्ने वातावरणकाे विकास गर्नुपर्ने औँल्याएका छन्।
"पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटापछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन, कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो," उनले आफ्नाे फेसबुक पेजमा लेखेका छन्, "स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दैछौँ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
