पेट्रोल प्रतिलिटर १ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। बढेको मूल्य शुक्रबार रातिदेखि लागू भएको छ।
निगमले पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो।
मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १८३, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७२, डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ।
यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १८० रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल प्रतिलिटर १७० रुपैयाँ ५० पैसा तोकिएको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
