गैह्रीगाउँको दिव्य सः मिलमा सुरक्षा गार्ड रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।
काठमाडौँ– काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ।
गैह्रीगाउँको दिव्य सः मिलमा सुरक्षा गार्ड रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको काठमाडौँ प्रहरी परिसरका एसपी कुमोद ढुंगेलले बताए।
“चार जनाको शव फेला परेको छ। धारिलो हतियार प्रयोग भएको देखिएको छ। उनीहरूको टाउको र शरीरको विभिन्न भागमा चोट छ,” उनले भने, “भुजेलको परिवार १५ वर्षदेखि त्यहाँ काम गर्न बसेका रहेछन्।”
हत्या हुनेहरूमा दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती सुभद्रा वाइवा र कुमारकी आमा ७० वर्षीया सुमित्रा भुजेल र मोरङका १९ वर्षीय नवीन राई रहेको ढुंगेलले बताए।
प्रहरीले घटनामा संलग्न रहेका आशंकामा सोही घरमा बस्ने २५ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ।
चारै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
