ओपनर शुभमन गिलले १२१ रनको शतकीय इनिङ्स खेले पनि भारतलाई जिताउन सकेनन्। १३३ बल खेलेका उनले ८ चौका र ५ छक्का प्रहार गरेका थिए।
काठमाडौँ– एशिया कपअन्तर्गत सुपर फोर खेलमा बंगलादेशले भारतमाथि ६ रनको रोमान्चक जित हात पारेको छ।
फाइनलमा पुग्न नसके पनि बंगलादेशले भारतलाई हराउँदै एशिया कपको सुखद अन्त्य गरेको छ। कोलम्बोमा २६६ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा २५९ रन बनाएर अलआउट भयो।
ओपनर शुभमन गिलले १२१ रनको शतकीय इनिङ्स खेले पनि भारतलाई जिताउन सकेनन्। १३३ बल खेलेका उनले ८ चौका र ५ छक्का प्रहार गरेका थिए।

अक्षर पटेल ४२, सूर्यकुमार यादव २६ तथा लोकेश राहुल १९ रनमा आउट भए।
अन्तिम ६ बलमा भारतलाई जितको लागि १२ रन चाहिएको थियो। तान्जिम हसब सकिबले पहिलो बलमै मोहम्मद शामीलाई बाउन्सर बल गरेपछि हेलमेटमा लागेको थियो।
शामीलाई उनले लगातार तीन बल डट राखेका थिए। चौथो बलमा शामीले चौका हानेपछि दुई बलमा ८ रन चाहिएको थियो। पाँचौँ बलमा दोस्रो रन लिनेक्रममा शामी रन आउट भएपछि बंगलादेश विजयी भएको थियो।
बंगलादेशका मुश्ताफिजुर रहमानले ३ तथा तान्जिम र मेहेदी हसनले समान २–२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रन बनाएको थियो।
बंगलादेशका कप्तान सकिब अल हसनले सर्वाधिक ८० रनको योगदान दिए। उनले ८५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। तौहिद हृदोयले ८१ बलमा ५ चौका र २ छक्कासहित ५४ रन बनाए।
नासुम अहमद ४४, तान्जिद हसन १३, मेहेदी हसन मिराज १३ र तान्जिम हसन सकिब १४ रनमा आउट भए। मेहेदी हसन २९ रनमा नटआउट रहे।

भारतका शार्दुल ठाकुरले ३ विकेट लिए। मोहम्मद शामीले २ तथा प्रसिद्ध कृष्णा, अक्षर पटेल र रविन्द्र जडेजाले १–१ विकेट लिए।
यसअघि नै फाइनलमा स्थान बनाइसकेो भारतले अब उपाधिका लागि घरेलु टोली श्रीलंकासँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
