ईयू विश्वको सबैभन्दा शक्तिशाली आर्थिक महादेशमध्ये एक भएकाले डराउनु नपर्ने फ्रान्सका अर्थमन्त्रीले जनाएका छन्।
चीनसँगको व्यापार तनाव भए पनि युरोपेली संघ (ईयू)ले कुनै पनि देशसँग डराउन नहुने फ्रान्सका अर्थमन्त्री ब्रुनो ले मायरले बताएका छन्।
ईयू विश्वको सबैभन्दा शक्तिशाली आर्थिक महादेशमध्ये एक भएकाले डराउन नपर्ने उनको दाबी छ। “हामीले कुनै पनि देशसँग डराउनु पर्दैन। हामी युरोपेली संघ हौँ। हामी एकल बजार हौँ। हामी विश्वको सबैभन्दा शक्तिशाली आर्थिक महादेशमध्ये एक हौँ,” उनले भने।
ईयूले बुधबार अनुदान विरोधी अनुसन्धानको घोषणा गरेर चीनको आक्रोश भड्काएको थियो। त्यसपछि बेइजिङले प्रतिशोधको धम्की दिँदै व्यापार तनावको खतरा रहेको संकेत दिएको थियो।
ईयूमाथि नांगो संरक्षणवादी व्यवहार गरेको आरोप लगाउँदै चीनको वाणिज्य मन्त्रालयले यसले चीन–ईयू आर्थिक र व्यापारिक सम्बन्धमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको थियो।
तर फ्रान्सका अर्थमन्त्री ले मायरले उक्त आरोप अस्वीकार गरेका छन्।
“यसको संरक्षणवादसँग कुनै सम्बन्ध छैन,” उनले भने, “मलाई लाग्छ कि हामीलाई एक बलियो युरोप चाहिएको छ, र एक बलियो युरोप एक महाद्वीप र एक राजनीतिक परियोजना हो जसले आफ्नो हितको रक्षा गर्न सक्षम छ।”
यद्यपि फ्रान्सले अनुसन्धानको लागि भने जोड दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
