तीनकुने हत्या प्रकरणको अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको छ।
काठमाडौँ– काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको छ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरू रहेको समिति बनाएका हुन् ।
समितिमा जिल्ला प्रहरी परिसरका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका इन्स्पेक्टर वीरेन्द्र केसी सदस्य छन्। समितिलाई घटनाको सुक्ष्म अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न भनिएको छ।
तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलमा सुरक्षा गार्ड रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको शनिबार राति धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। भुजेल, उनकी श्रीमती सुभद्रा वाइवा र आमा ७० वर्षीया सुमित्रा भुजेल तथा मोरङका १९ वर्षीय नवीन राईको हत्या भएको हो।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सोही घरमा बस्ने २५ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
