शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले अटिजम भएकाहरूको विशेष किसिमको सीप र दक्षता प्रष्फुटन गर्न सरकारले उपयुक्त वातावरण सिर्जना गर्ने बताए।
काठमाडौँ– सरकारले अटिजम भएकाहरूका लागि विशेष शैक्षिक कार्यक्रम ल्याउने तयारी गरेको छ। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले अटिजम भएकाहरूलाई विशेष व्यवहारको आवश्यकता रहेको औँल्याउँदै संसद्मा पेस गरिएको शिक्षा विधेयकमा शिक्षासम्बन्धी समावेशी कार्यक्रम राखिएको बताए।
सचिव अधिकारीले कक्षाकोठामा अटिजम भएकाहरूलाई शिक्षण गर्दा छुट्टै किसिमको व्यवहार आवश्यक पर्ने र कक्षा कोठामा उनीहरूलाई विशेष हेरचाह आवश्यक रहेको बताए। अपांगता भएका व्यक्ति र अन्य व्यक्तिको परीक्षा सञ्चालन प्रक्रिया एउटै भएकोले परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने उनको भनाइ थियो।
“अटिजम भएकाहरूलाई विशेष किसिमको व्यवहार गरिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। डिसेबलप्रति न्यायका लागि परीक्षा पद्धति सुधार गर्नुपर्ने देखिन्छ। हामी परीक्षा प्रणालीलाई फरक बनाउँछौँ। पाठ्यक्रम सामग्री र शिक्षण विधिसमेत फरक हुनुपर्छ। शिक्षकहरूलाई तालीम पनि फरक हुनसक्छ। उहाँहरूको हरेक क्रियाकलापलाई सहयोग गर्न विशेष कार्यक्रम ल्याउँछौँ,” उनले भने, “फरक क्षमता र दक्षता भएका व्यक्तिको हकमा समावेशी शिक्षा पद्धतिका विषयहरू १६औँ योजनामा समेटिनेछ।”
सचिव अधिकारीले अटिजम भएकाहरूको विशेष किसिमको सीप र दक्षता प्रष्फुटन गर्न सरकारले उपयुक्त वातावरण सिर्जना गर्ने बताए। अटिजम बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपांगता हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
