माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन विदेशी निकायहरूको सहयोग माग्ने विषय पहिलो प्राथमिकतामा रहेको बताए।
काठमाडौँ– सत्तारुढ दल नेकपा माओवादी केन्द्रले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनुको विकल्प नरहेको बताएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन विदेशी निकायहरूको सहयोग माग्ने विषय पहिलो प्राथमिकतामा रहेको बताए। “भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सहयोग माग्ने रहेको छ” उनले भने
उनले शान्ति प्रक्रिया एक हिसाबमा सफल भइसके पनि निष्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गरे। उनले प्रधानमन्त्री दाहालको अमेरिका भ्रमणमा मौलिक रूपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौँ भनेर विश्व समुदायलाई अपिल गर्ने काम पनि प्राथमिकतामा रहेको बताए। शान्ति प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पुर्याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको उनको भनाइ छ।
“शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु त साझा समस्या, राष्ट्रिय समस्या हो नि। कुनै पार्टी र सरकार विशेषको, नेता विशेषको होइन। यो त ६२ देखि ८० सम्म १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पुर्याउन नसक्नु राष्ट्रिय रूपमा कमजोरी हो। त्यसैले यसलाई हर हालतमा टुंग्याउनु पर्छ भनेर यसलाई १ नम्बरमा राखेर गरेका छौँ,” उनले भने, “प्रधानमन्त्रीज्यूले सबैभन्दा धेरै समय यसमै खर्च गर्नुभएको छ। खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा एमाले र अन्य सबै दलहरूसँग सहमति गरेर जाने कोशिश भइरहेको छ। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुको विकल्प छैन।”
माओवादीले सरकारले थालेका भ्रष्टाचारविरुद्धका, मिटरब्याजीलाई कारबाही गर्ने, सुन प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणका विषयहरू टुंगोमा पुर्याउन दबाब दिएको छ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन शनिबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्। उनले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल अमेरिकाबाटै चीन जाने कार्यक्रम तय भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
