मन्त्री शर्माले नेपालमा तीजको दर खाने प्रचलनमा पनि विकृति बढिरहेको टिप्पणी गरिन्।
काठमाडौँ– सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले देशको संस्कृति नकारात्मक ढंगले बदलिएको बताएकी छन्।
तीज मनाउने कुरामा पनि विकृतिहरू बढिरहेको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था मात्र होइन सांस्कृतिक अवस्था पनि नकारात्मक ढंगले बदलिएको बताएकी हुन्।
“हाम्रो संस्कृति जसरी विकृत हुँदैछ। जसरी पुँजीवादमा प्रवेश गर्दै छ हामीले हाम्रो संस्कृति जोगाउनुपर्छ हाम्रो संस्कृति परम्पराको रक्षा गर्नुपर्छ। हामीले व्यवस्था बदलियो, अवस्था बदलिएको छैन भनिरहेका छौँ नि, त्यो आर्थिक अवस्था मात्र होइन हाम्रो सांस्कृतिक अवस्था पनि बदलिएको छैन। बदलिए पनि नकारात्मक ढंगले बदलिएको छ,” उनले भनिन्।
मन्त्री शर्माले नेपालमा तीजको दर खाने प्रचलनमा पनि विकृति बढिरहेको टिप्पणी गरिन्। महिलाहरूले रक्सी चुरोट सेवन गर्नेजस्ता गलत कुरामा पुरुषसँग प्रतिस्पर्धा गर्ने गरेको उनको भनाइ छ।
“तीजमा पनि विकृति बढिरहेको छ। हामी कतातिर जाँदै छौँ? हाम्रो नयाँ पुस्ता कहाँ जाँदै छ? एकातिर गहना कपडा सबैको प्रतिस्पर्धा भइरहेको छ। रक्सी चुरोटको सेवन गरी समानताको नाममा नकारात्मक कुरामा पुरुषले जस्तै गर्नुपर्छ भन्ने प्रतिस्पर्धा बढेको देखिन्छ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
