भरतपुरमा आयोजित एकल कविता वाचन कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, कवि भूपाल राई आफ्नो ‘यारी’ कविता संग्रहमा संगृहीत करिब एक दर्जन कविता सुनाए।
भरतपुर– चितवनको भरतपुरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको व्यवस्थापकीय सहयोगमा साहित्य संगम चितवनले आयोजना गरेको कार्यक्रममा कवि राईले अघिल्लो वर्ष प्रकाशित आफ्नो ‘यारी’ कविता संग्रहमा संगृहीत करिब एक दर्जन कविता सुनाए।
‘सांस्कृतिक समता र सत्ताका लागि’ अभियानअन्तर्गत भरतपुर आएर एकल कविता वाचन कार्यक्रम गर्न पाउँदा खुशी लागेको कुलपति राईले बताए। उनले कार्यक्रमको प्रबन्ध मिलाउने आयोजक संस्था, व्यवस्थापकीय सहयोग गर्ने भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानप्रति आभारी व्यक्त गर्दै कविता श्रवणका लागि भेला भएका सबैप्रति कृतज्ञता प्रकट गरेका थिए।
कुलपति राईका कविता संग्रहहरू ‘सुम्निमाको तस्वीर’, ‘दाजै कविता गाउँमै छ’, ‘सीमान्त सौन्दर्य’ र ‘आगोले जन्मोत्सव मनाउँदैन’, गीत संग्रहहरूमा ‘पहिलो हरफ शिरबन्दी’, ‘सेवान्ने जिन्दगी’ र निबन्ध संग्रहमा ‘भूमिगत प्रश्नहरू’ लगायतका कृति प्रकाशित छन्। राईले कवितामार्फत सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउँदै आएका छन्। राई गत फागुनमा नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिका रूपमा नियुक्त भएका थिए।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले नेपालमा प्राज्ञिक क्षेत्रलाई उपेक्षा गरिएको गुनासो गरे। उनले सांस्कृतिक सत्ता र समानताका लागि आवाज उठाउनुपर्ने अवस्था आएको बताए। कवि राईको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका कवि भूपिन खड्काले उनलाई पहिचानको आन्दोलनसँग जोडिएका विद्रोही चेतना भएका कवि भएको धारणा व्यक्त गरे।
साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य रामहरि श्रेष्ठ, भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष इन्द्र रेग्मी र साहित्य संगम चितवनका सचिव विष्णु तिवारी ‘उषा’ले धारणा राखेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
