कांग्रेस महामन्त्री गगन थापा बीपीको विचारलाई मूर्ति–पूजा गरेको जस्तो पूजा गर्ने कुराले उनीमाथिको ठूलो अन्याय हुने बताउँछन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपीको कोइरालाको विचारलाई मूर्तिझैँ पूजा गर्ने कुराले उनीमाथि अन्याय भएको टिप्पणी गरेका छन्। शनिबार बीपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले बीपीलाई महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरू ओझेलमा परेको गुनासो गरेका हुन्।
उनले महामानव भनेर बीपीको विचारमा छलफल नै गर्न नहुने, बीपीको विचारलाई मूर्ति–पूजा गरेको जस्तो पूजा गर्ने कुराले उनीमाथिको ठूलो अन्याय हुने उल्लेख गरे। उनले बीपीले आफूलाई मानवझैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेको स्मरण गराए।
“महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बीपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय हो। बीपी मान्छे हो, मान्छेभित्रका कुरा हामीले बुझ्नुपर्छ। बीपीले म मान्छे हुँ भनिरहनुभएको छ। मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ। तर मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छेभन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छौँ, त्यो अन्याय हो,” उनले भने।
महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भए पनि नैतिक शक्ति र नेता छ कि छैन भन्ने प्रश्न खडा भएको बताए।
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बीपी कोइराला राजनीतिमा संगठित र व्यवस्थित पाइएको बताए। उनले साहित्यमा स्वतन्त्रतावादी देखिए पनि राजनीतिमा भने ‘संगठित र व्यवस्थित हुनुहुन्थ्यो’ भन्ने प्रष्ट भएको उल्लेख गरे।
“बीपीले पढ्ने समय, खेल्ने समय, औषधि खाने समय सबै योजना मिलाएको देख्दा बीपी साहित्यमा जति अराजकतावादी, स्वछन्दता नै भनौँ भए पनि राजनीतिमा चैँ अत्यन्तै संगठित र व्यवस्थित हुनुहुँदो रहेछ,” उनले भने।
त्यस्तै, बीपीको जेल डायरीबाट सबैले पढ्ने तालिका निर्माण गर्नुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राख्न जरुरी देखिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
