शनिबार राति दोहामा १९२ रनको बलियो विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६९ रन मात्र बनायो।
काठमाडौँ– यूएईले कतारमा जारी गल्फ क्रिकेट टी–२० च्याम्पियनसिपमा ओमानलाई हराउँदै विजयी शुरूआत गरेको छ।
कप्तान मोहम्मद वासिमको उत्कृष्ट ब्याटिङमा यूएईले ओमानलाई २२ रनले पराजित गरेको हो।
शनिबार राति दोहामा भएको खेलमा १९२ रनको बलियो विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६९ रन बनायो।
ओमानका कप्तान अकिब इलियासले सर्वाधिक ९० रन बनाए पनि जितका लागि पर्याप्त भएन। जतिन्दर सिंह ११ तथा आयनले खान २१ रन बनाए। शोएब खान १३ रनमा नटआउट रहे।
यूएईका अली नासिरले ३ विकेट लिए। जुनैद सिद्दिकले २ तथा मोहम्मद जवादुल्लाह र आयन खानले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ८० रनको योगदान दिए। उनले ३८ बलमा ४ चौका र ८ छक्का प्रहार गरे। अर्यान्श शर्मा ५२ रनमा नटआउट रहे।
यस्तै, आसिफ खानले ३५ तथा अली नासिर १५ रन बनाए। ओमानका बिलाल खान, फयाज बट, मेहरान खान र अकिब इलियासले समान १–१ विकेट लिए।
प्रतियोगितामा कतार, कुवेत, साउदी अरेबिया, बहराइन, ओमान र यूएई सहभागी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
