कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार ११६ रुपैयाँ रहेको सेतोमूलाको मूल्य आइतबार ९५ तथा ९५ रुपैयाँ प्रतिकिलो रहेको स्थानीय काउली ७० रुपैयाँ तोकेको छ।
काठमाडौँ– बजारमा आइतबार केही तरकारीको मूल्य घटेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार ११६ रुपैयाँ प्रतिकिलो रहेको सेतोमूला आइतबार ९५ रुपैयाँ तोकिएको छ।
यस्तै, शनिबार ९५ रुपैयाँ प्रतिकिलो रहेको स्थानीय काउली आइतबार ७० रुपैयाँ निर्धारण गरिएको छ।
समितिले आइतबारका लागि नेपाली गोलभेँडा सानो प्रतिकिलो ५०, भारतीय ठूलो गोलभेँडा पनि ५०, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ५६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ।
बजारमा गाजर प्रतिकिलो १२०, घ्यूसिमी लोकल ६०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमासकोसा ९०, तितो करेला ७०, लौका ३०, परवल लोकल ४०, हरियो फर्सी ४०, घिरौँला ३० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
त्यसैगरी, डल्लेच्याउ प्रतिकिलो ३८०, कन्य च्याउ २२०, कुरिलो ४५०, ब्रोकाउली ३००, भिण्डी ३०, रायो साग ८०, तोरीको साग ५०, हरियो प्याज १५०, काँक्रो लोकल १२० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।
फलफूलतर्फ केरा दर्जनको १५०, फूजी स्याउ २५०, अनार ३५०, अंगुर कालो ४५०, तरबुजा ५०, मौसम १५०, लोकल नासपाती ८०, भारतीय मेवा १००, एभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
