साउदी प्रो लिग: अल–नासरको लगातार चौथो जित

अल–नासरको जितमा रोनाल्डो, साडियो माने र टलिस्काले समान १–१ गोल गरेका थिए। रइदका मुहमद फुजायरले एक गोल फर्काए। 

काठमाडौँ– साउदी प्रो लिगमा किस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल–नासरले लगातार चौथो जित दर्ता गरेको छ। 

साउदी अरेबियामा शनिबार राती अल–नासरले अल–रइदलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

अल–नासरको जितमा रोनाल्डो, साडियो माने र टलिस्काले समान १–१ गोल गरेका थिए। रइदका मुहमद फुजायरले एक गोल फर्काए। 

जितसँगै अल–नासर ६ खेलबाट १२ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। समान खेल खेदेको अल–रइद भने ४ अंक सहित १५औँ स्थानमा छ। 

अल–हिलाल १६ अंकसहित तालिकाको शीर्षस्थानमा छ।