चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
काठमाडौँ– सरकारले अन्दोलनरत चिकित्सकहरूसँग वार्ताको पहल थालेको छ।
वार्ता समिति र आन्दोलनरत चिकित्सकबीच वार्ता शुरू भएको र छलफलबाट विवाद समाधानको पहल भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आन्दोलनरत चिकित्सकले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।
गत बुधबार हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तबाट भएको कुटपिटको घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरू आन्दोलित भएका हुन्।
बिरामी उपचार सेवा पाउनबाट वञ्चित भएपछि सरकारले विवाद समाधानको थालेको हो।
यस विषयमा वार्ता गर्न मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।
वार्ता समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहेका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
