जंगलबीचमा लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए।
ब्राजिलको अमेजनमा भएको विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।
सानो ‘प्रोपेलर’ विमान अमेजोनास राज्यको राजधानी मानौस र पर्यटकीय शहर बार्सिलोसबीचमा खसेको हो।
विमानमा रहेका १२ यात्रु र दुई चालक दलका सदस्य सवार थिए। ती सबैको मृत्यु भएको बीबीसीले जनाएको छ। घटनाको कारणबारे अनुसन्धान शुरू गरिएको अमेजनस राज्यका सुरक्षा सचिव भिनिसियस अल्मेडाले बताए।
प्रारम्भिक जानकारी अनुसार विमान रनवेबाट बाहिर निस्केपछि भारी वर्षा र कम भिजिबिलिटीका कारण बार्सिलोसमा खसेको उनको भनाइ छ।
ब्राजिलको विमान निर्माता कम्पनी ‘एम्ब्रेर’द्वारा निर्मित ‘ट्विन इन्जिन टर्बोप्रप’ विमानमा सुरक्षाका सबै पूर्वसर्त एवं उड्डयन नियमको पालना गरिएको जनाइएको छ। विमान कम्पनीले एक विज्ञप्ति निकालेर यान्त्रिक खराबीका कारण दुर्घटना भएको मान्न नसकिने बताएको छ।
राष्ट्रिय निकुञ्ज नजिक रहेको लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए।
विभिन्न प्रजातिका माछाका लागि परिचित उक्त स्थानमा हरेक वर्ष यो महिना माछा मार्नेको भीड लाग्ने गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
