प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

आइतबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० र तेजाबी सुन एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।