आइतबार २७८ कम्पनीको ५६ लाख ५९ हजार कित्ता शेयर ७२ हजार ४७७ पटक खरिद–बिक्री हुँदा दुई अर्ब दुई करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौँ– यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४२.१४ अंकले घटेको छ। नेप्से परिसूचक २.०९ प्रतिशतले घटेर १९६४.९१ अंकमा कायम भएको हो।
आइतबार २७८ कम्पनीको ५६ लाख ५९ हजार ४५८ कित्ता शेयर ७२ हजार ४७७ पटक खरिद–बिक्री हुँदा दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार ६१० रुपैयाँ बराबरको कारोबार भएको छ।
सबै समूहको उपसूचक घटेकोमा सबैभन्दा धेरै व्यापार समूहको उपपूचक ३.३३ र वित्त समूह ३.३० प्रतिशतले घटेको छ। बैंकिङ १.४२, विकास बैंक २.५९, होटल तथा पर्यटन ३.२९, जलविद्युत् २.७९ र लगानी समूहको उपसूचक १.९१ प्रतिशतले घटेको छ।
त्यस्तै, जीवन बीमा समूहको उपसूचक २.९७, उत्पादन तथा प्रशोधन समूह १.६०, लघुवित्त १.८५, म्युचुअल फन्ड ०.३५, निर्जीवन बीमा २.५९ र अन्य समूह १.९९ प्रतिशतले घटेको छ।
शुभम् पावर लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.२१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै एनआईसी एशियाको २७ करोड ५४ लाख ७३ हजार ७२ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चार लाख ८७ हजार १८६ कित्ता शेयर खरिद–बिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
