माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रतिपक्षले सरकारले गरेका राम्रा कामलाई गलत अर्थ लगाएर सानो–सानो कुरालाई पनि समस्याको रूपमा खडा गरेको आरोप लगाएका छन्।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले विपक्षी दलले माओवादी नेतृत्वको सरकारले गरेको सकारात्मक कामको समेत गलत प्रचार गरेको आरोप लगाएका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले प्रतिपक्षले सरकारले राम्रा कामलाई गलत अर्थ लगाएर सानो–सानो कुरालाई पनि समस्याको रूपमा खडा गर्ने गरेको आरोप लगाए। प्राप्त उपलब्धिलाई कमोजर बनाउँदै जनतालाई भ्रमित पार्ने काम प्रतिपक्षबाट भइरहेको उनको भनाइ थियो।
“विपक्षले व्यावहारिक कुरा, सानो–सानो हाम्रो कमीका कुराहरू, केही ढंग नपुगेका कुराहरू उठाएर ठूलो बनाइदिएको हुन्छ। र हाम्रो उपलब्धिहरू कमजोर गर्ने, हाम्रा राजनीति, हाम्रो परिवर्तन, हाम्रो त्यागबलिदानलाई कमजोर बनाउने र भ्रमित पार्ने काम गरिरहेको हुन्छ,” उनले भने।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले भ्रष्टाचारविरुद्ध कदम चाल्दाचाल्दै पनि उनीमाथि नै दोष लगाउने काम भएको उनको टिप्पणी छ। उनले यस्ता भ्रमपूर्ण कुराहरूबाट सचेत रहनु पर्ने र आफूहरू यस्ता भ्रमपूर्ण कुराले नडराउने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
