आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट

आइतबार ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरका २ लाख २८ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.५४ अंकले घटेर १ हजार ८८३.१६ अंकमा ओर्लिएको हो। 

गत सोमबारदेखि ओरोलो लागेको सेयर बजारमा आइतबार लगातार पाचौँ दिन कारोबार घटेको हो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

आइतबार ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरका २ लाख २८ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यसअघि गत बिहीबार १ अर्ब बढीको कारोबार भएको थियो। 

आइतबार शिवम् सिमेन्टको सबैभन्दा धेरै १० करोड ३९ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।