वी रिड प्रकाशनका अनुसार जनताको न्यायका लागि लडिरहेका कमला ह्यारिसका प्रारम्भिक दिन, राजनीतिमा प्रवेश र यसभित्रका संघर्ष पुस्तकमा समेटिएको छ।
काठमाडौँ– अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण काठमाडौँमा सार्वजनिक भएको छ। ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो।
पुस्तकको अनुवाद विप्लव प्रतीकले गरेका हुन्। अनुवादक विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वी रीडको सीइओ सुनिती अमात्यले पुस्तक विमोचन गरे।
अनुवादक प्रतीकले कमला ह्यारिसको जीवन हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने दिने खालको बताए। दुई वर्षअघि नै पुस्तकको काम थालिए पनि विविध प्राविधिक कारण ढिलाइ हुन पुगेको प्रतीकको भनाइ थियो।
वी रिड प्रकाशनका अनुसार पुस्तकले अधिकारकर्मी, सामाजिक न्यायकी अभियन्ता, क्यालिफोर्नियाकी सिनेटर एवं उपराष्ट्रपति ह्यारिसलाई चिनाउँछ। जनताको न्यायका लागि लडिरहेका उनका प्रारम्भिक दिन, राजनीतिमा उनको प्रवेश र यसभित्रका संघर्षलाई पुस्तकले बयान गरेको छ। जमैकेली बुबा र दक्षिण भारतीय आमाकी छोरी ह्यारिसले समानता र राज्य प्रणाली सुधारका लागि गरेका संघर्ष पुस्तकमा समेटिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
