श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले आठौँ पटक एसीसी एशिया कपको उपाधि जितेको छ।
काठमाडौँ– मोहम्मद सिराजको उत्कृष्ट बलिङप्रेरित भारतले आठौँ पटक एसीसी एशिया कपको उपाधि जितेको छ।
आइतबार सम्पन्न फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो। श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले ६.१ ओभरमा पूरा गरेको हो।
भारतका लागि ओपनर शुभमन गिलले सर्वाधिक २७ रन बनाए। उनले १९ बलमा ६ चौका प्रहार गरे। अर्का ओपनर इसन किसनले १९ बलमा ६ चौकासहित २३ रन बनाए।
त्यसअघि कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले १५.२ ओभरमा अल आउट हुँदै ५० रन मात्रै बनाउन सक्यो।
श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए। उनले ३४ बलमा ३ चौका प्रहार गरे। डुसन हेमन्थाले अविजित १३ रन बनाए। उनीहरूबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पहिलो ओभरको तेस्रो बलमा जसप्रित बुम्रराहले कुशल परेरालाई विकेटकिपर केएल राहुलबाट क्याच गराए। चौथो ओभरमा सिराजले ४ विकेट लिए। उनले पथुम निसन्का, सदिरा समाराविक्रमा, चरिथा अस्लंका र धनन्नजय डि सिल्भा आउट गरे।
हार्दिक पाड्याले १३औँ ओभरको तेस्रो बलमा दुनिथ वालालागेलाई व्यक्तिगत ८ रनमा राहुलबाट क्याच आउट गराए।
१६औँ ओभरको पहिलो बलमा हार्दिकले प्रमोद मदुसनलाई एक रनमा विराट कोहली र दोस्रो बलमा मथिशा पाथिरानालाई किसनबाट क्याच गराए।
भारतका लागि सिराजले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चिएर ६ विकेट लिए।
हार्दिक पान्ड्याले २.२ ओभरमा ३ रन खर्चिएर ३ विकेट लिए। यस्तै, जसप्रित बुमराहले १ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
