घटनापछि हत्यामा प्रयोग भएको खुकुरी साथमै लिएर भागेको र सीसीटीभी फुटेजको सहयोगमा आरोपित भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ– प्रहरीले काठमाडौँको तीनकुने, गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणका आरोपी सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुले पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको काँडाघार, वीरेन्द्र चोक बस्ने सञ्जय भण्डारीलाई हत्या आरोपमा आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो।
घटनापछि हत्यामा प्रयोग भएको खुकुरी साथमै लिएर भागेको र सीसीटीभी फुटेजको सहयोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीनकुनेमा खुकुरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोलास्थित आफ्नो साथीको घर पुगेका थिए।
राति मूलगेट लगाएको बेला उनी रूखमा चढेर घरको कम्पाउन्डभित्र छिरेको र त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
प्रहरीले सीसीटीभी फुटेजका आधारमा भण्डारीको खोजी गरेको थियो। बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको जनाएको छ।
शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा नवीन राईसहित चार जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो। सःमिलका सुरक्षा गार्ड रहेका दोलखाका कुमार भुजेल, उनकी श्रीमती सुभद्रा वाइवा र आमा सुमित्रा भुजेलको पनि हत्या भएको थियो।
घटना भएकै दिन प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो। तर घटनामा उनको संलग्नता नदेखिएको प्रहरी बताएको छ।
घटनाको अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
