रवि लामिछानेको प्रचारमा रहेको गाडीमा आक्रमण, गठबन्धनका कार्यकर्ताले कुटपिट गरेको आरोप

चितवन-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछाने सहभागी चुनाव प्रचार टोलीमाथि आक्रमण भएको छ। आक्रमणकारी सत्ता गठबन्धनका कार्यकर्ता रहेको आरोप रास्वपाको छ।

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहभागी चुनावी प्रचार टोलीमाथि चितवनमा आक्रमण भएको छ। आक्रमण सत्ता गठबन्धनका उम्मेदवार सहभागी टोलीले गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले बताए।

गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठसमेत सहभागी र्‍याली कुरिनटारबाट मुग्लिङतर्फ गइरहेको र आफूहरू फिस्लिङतर्फ आइरहेका बेला गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको उनले बताए।

“उनीहरूका पनि धेरै गाडी थिए, हाम्रा पनि गाडीहरू थिए, अन्तिममा रहेको गाडीमा आक्रमण गरियो”, उनले भने, “गाडी क्षतिग्रस्त भएको छ, दुई जना कार्यकर्ता घाइते हुनुहुन्छ।”