सरकारसँग सहमति भएसँगै आन्दोलनरत चिकित्सकहरूले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन्।
काठमाडौँ– आन्दोलनरत चिकित्सक र सरकारले गठन गरेको वार्ता टोलीबीच सहमति भएको छ।
आइतबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्तामा चिकित्सकमाथि कुटपिटमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कारबाही गर्नेसहित ६ बुँदे सहमति भएको हो। पक्राउ परेका चार र पक्राउ पुर्जी जारी भएका पाँच जनासहित अन्य दोषीलाई पनि सोही ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। सरकारसँग सहमति भएसँगै चिकित्सकहरूले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन्।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन लाई प्रभावकारी बनाउन सरोकारवाला निकाय प्रतिबद्ध रहेन, ऐनमा व्यवस्था भएबमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने पनि सहमति भएको छ।
त्यस्तै, ऐन कार्यान्वयनका लागि सरोकारवालालाई स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मनन गरी सोही अनुरूप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, चिकित्सकको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन क्षमता अभिवृद्धि तथा बिदेसिने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधानका गर्न ३ महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पार्ने प्रक्रिया थाल्ने सहमति पनि चिकित्सक र सरकारबीच भएको छ।
गत भदौ २७ गते सन्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमै खटिएको बेला कुटपिट भएको थियो। कुटपिटपश्चात् नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो। संघको आन्दोलनका कारण आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका स्वास्थ्य सेवा प्रभावित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
