पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारको अकर्मण्यताका कारण बजारमा मूल्यवृद्धि अनियन्त्रित भएको बताएका छन्।
काठमाडौँ– पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारको अकर्मण्यताका कारण बजारमा मूल्यवृद्धि अनियन्त्रित भएको बताएका छन्। आइतबार ललितपुरमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ताको हितको सवाल’ विषयक विचार गोष्ठीमा उनले सरकार विगतमा चुप लागेर बसेको र बजारलाई उपभोक्ता हितका लागि सुसूचित गर्ने अनुगमन प्रणाली कमजोर भएकै कारण बजारमा मूल्यवृद्धि उच्च भएको बताए।
“बजारलाई सुसूचित गर्ने हाम्रो प्रणाली छैन। कहाँ–कहाँ युद्ध भयो रे, कहाँ के भयो रे भनेपछि यहाँ बजारमा हल्लै हल्लामा मूल्य बढाइदिन्छौँ। बजार अनुगमन गर्ने वाणिज्य विभागको मान्छे त फुटबल खेल्याझैँ खेल्या खेल्यै हुनुहुन्छ उहाँहरू। अनि कसरी अनुगमन हुन्छ? त्यसमा पनि बजार अनुगमनको फ्रिक्वेन्सी नै छैन,” उनले भने।
उनले सरकार बजार अनुगमनमा चुकेका कारण मूल्यवृद्धि अत्यधिक भएको आरोप लगाए। “कतिपय सामग्रीको चार वर्षमा भएको मूल्यवृद्धिभन्दा बढी अहिले दुई वर्षमा मूल्यवृद्धि भएको छ। यसरी मूल्यवृद्धि हुँदा खेरी एकातिर हामी आर्थिक मन्दी भन्ने, आर्थिक मन्दी भएपछि स्वाभाविक रूपमा मूल्य पनि नबढ्नु पर्ने हो, अर्थशास्त्रले त्यही भन्छ। अनि आर्थिक मन्दी पनि छ, बजारमा कृत्रिम अभाव पनि छ, कसैको एकाधिकार प्रवृत्ति पनि छ र बजारमा जथाभाबी मूल्य बढाउनेलाई रोक्ने बजार अनुगमन पनि छैन,” उनले भने, “यस्तो विडम्बनापूर्ण स्थिति सरकारको अकर्मण्यताले हुने कुरा हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
