भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दिगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएकाे प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे छ।
काठमाडाैँ– संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन आइतबार अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच संयुक्त राष्ट्रसंघको मुख्यालयमा आइतबार भेटवार्ता गरेका छन्।
भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दिगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएकाे प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे छ। साथै नेपाल र संयुक्त राष्ट्रसंघबीचको आपसी हितको आदानप्रदान, सम्बन्ध र सहकार्यका लागि पनि समझदारी बनेको सचिवालयले जानकारी गराएकाे छ।
साेमबारदेखि शुरू हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वकाे टाेली शनिबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेकाे थियाे। उक्त टोलीमा सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छ। प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
