निर्वाचन आयोगले आचारसंहितालाई दण्डात्मक रूपमा कार्यान्वयन गर्दा उल्लंघनका घटनामा उल्लेख्य कमी आएको बताएको छ। आयोगले यसअघि आचारसंहितालाई सुधारात्मक रूपमा कार्यान्वयन गर्दै आएको थियो।
काठमाडौँ- निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेका कारण उल्लंघनका घटना कम भएको बताएका छन्।
उनले आयोग पहिले सुधारात्मक मोडलमा भएपनि यस निर्वाचनबाट दण्डात्मक रूपमा प्रस्तुत भएको बताएकाले आचारसंहिता उल्लंघनका घटनामा कमी आएको बताइका हुन्।
उनले आयोगलाई उत्तेजित भएको आरोप लागेको भन्दै आचारसंहिता परिपालना गराउने सन्दर्भमा आयोग संयमित रहेको बताए।
आयुक्त भण्डारीले बढी आचारसंहिता उल्लंघन हुने समय प्रचारप्रसारको समय भएको भन्दै सो अवधिलाई घटाएका कारण अप्रिय घटनाहरू घट्न नपाएको दाबी गरे।
आयुक्त भण्डारीले आचारसंहिता उल्लंघनका १४९ वटा उजुरी निर्वाचन आयोगलाई प्राप्त भएको जानकारी दिए। त्यसमध्ये ११६ जनालाई स्पष्टीकरण सोधिएको तथा ९ वटामा आचारसंहिता उल्लंघन भएको ठहर आयोगले गरिसकेको उनले बताए।
उनले ३५ वटा मिसिलको सन्दर्भमा एक/दुई दिन भित्रै निर्णय गरिने र अन्य क्रमशः निर्णय हुँदै जाने स्पष्ट पारे। आयुक्त भण्डारीले निर्वाचन आयोगले मतदानपूर्व नै आचारसंहिता उल्लंघन भएका उजुरीहरूको सम्पूर्ण निर्णय प्रक्रिया सक्नेसमेत जानकारी दिए।
त्यस्तै, निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले गृह र रक्षा मन्त्रालयले संवेदनशील र अति संवेदनशील ठाउँहरू पहिचान गर्नुपर्ने बताए। विगतको निर्वाचनमा हुलदंगा भए/नभएको आधारमा मात्र संवेदनशील र अति संवेदनशीलको परिभाषामा राख्नु उचित नहुने उनको भनाइ छ।
उनले मौन अवधिमा उम्मेदवारले पैसा बाँड्ने गरेको भन्दै यसलाई रोक्न ध्यान दिनुपर्ने बताए। उनले र्यापिड टिम नै बनाएर मौन अवधिमा पैसा बाँड्नेहरूलाई रोक्न सकिनेमा उनको जोड थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
