विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानकाे अधिकारबाट वञ्चित हनु नपर्ने बताए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्यूयोर्क गएका उनले पत्रकारहरूसँगको भेटमा उनले यस्ताे बताएका हुन्।
विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानकाे अधिकारबाट वञ्चित हनु नपर्ने बताए। उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अब त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताएका छन्।
उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाएका छन्। सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उनको भनाइ छ।
यस्तै, प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच संयुक्त राष्ट्रसंघको मुख्यालयमा आइतबार भेटवार्ता गरेका छन्। भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दिगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएकाे प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे छ।
साेमबारदेखि शुरू हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वकाे टाेली शनिबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेकाे थियाे। उक्त टोलीमा सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छ। प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
