नेपालीहरूको महान चाड दशैँतिहार नजिकिरहेका बेला आपराधिक गतिविधि बढ्न सक्ने भन्दै दुवै मन्त्रीले सुरक्षा निकायलाई सतर्क रहन पनि निर्देशन दिएका छन्।
काठमाडौँ– कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक आवरणमा हुने आपराधिक गतिविधिमा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
आइतबार रक्षा मन्त्रालयमा भएको सुरक्षा निकायका प्रमुखसँगकाे छलफलमा मन्त्रीद्वयले राजनीतिक र आपराधिक घटनाहरू समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा अपराधिक गतिविधि हुन सक्ने कुरामा ध्यान दिन निर्देशन दिएका थिए।
छलफलमा मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यबाहक प्रमुख सहभागी थिए। छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सुरक्षा निकाय प्रमुखसँग देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए। खड्काले शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा समाजिक सद्भाव खल्बलिन नदिने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन पनि दिए।
नेपालीहरूको ठूलाे पर्व दशैँतिहार नजिकिरहेका बेला आपराधिक गतिविधि बढ्न सक्ने भन्दै दुवै मन्त्रीले सुरक्षा निकायलाई सतर्क रहन पनि निर्देशन दिएका थिए।
सो अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा समाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकोले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिए। छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा जानकारी गराएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
