तीज पर्वका कारण पर्याप्त मात्रामा न्यायाधीश नहुँदा उनीविरुद्धकाे मुद्दा स्थगित भएकाे हाे।
काठमाडाैँ– साेमबारकाे लागि ताेकिएकाे क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीकाे मुद्दाकाे सुनुवाइ स्थगितकाे सूचीमा परेकाे छ। तीज पर्वका कारण पर्याप्त मात्रामा न्यायाधीश नहुँदा उनकाे मुद्दा स्थगित भएकाे हाे।
यसअघि पटक-पटक पेसी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दाकाे टुंगाे लाग्न सकेकाे छैन। यसअघि भदाै २१मा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो। तर त्यस दिन पीडितकाे बसाइँसराइकाे कागजात झिकाउन आदेश दिइएकाे थियाे। त्याे दिन पनि फैसला हुन पाएन। त्यसअघि न्यायाधीश राजकुमार खतिवडाको इजलासले गौशाला २६ र उनको आमाको उमेर विवादसँग सम्बन्धित कागजात मगाउन आदेश दिएको थियो।
सन्दीपबाट बलात्कृत भएको भन्दै गौशाला २६ (परिवर्तित नाम)ले उजुरी दिएकी थिइन्। अनुसन्धानपछि प्रहरीले २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। यति लामाे समय बितसक्दा पनि मुद्दाकाे किनारा नलागेकाे भन्दै सन्दीपको मुद्दालाई चाँडो किनारा लगाउन सर्वोच्चले १५ फागुनमा नै निर्देशात्मक आदेश गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
