खान नमिल्ने गरी बिग्रिएको दूधबरी बेचेको गुनासोपछि काठमाडौँ महानगरले अनुगमन गरी टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले म्याद गुज्रिएको मिठाइ बेचेको भन्दै टिपटप समोसा पसललाई कारबाही गरेको छ। काठमाडौँ महानगरपालिका–१७, नघलमा रहेको समोसा पसलले खान नमिल्ने गरी बिग्रिएको दूधबरी बेचेको गुनासोपछि महानगरले अनुगमन गरी २ लाख रुपैयाँ जरिबाना तिराएको हो।
उपभोक्ताको गुनासोपछि महानगरको कृषि तथा पशुपक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो। सो क्रममा फाटेको दूधमा दूधबरी बनाएको पाइएपछि जरिबाना गरिएको निरीक्षक अधिकृत झाले जानकारी दिए।
“फाटेको दूधमा दूधबरी बनाइएको पाइयो। पसलमा बस्ने व्यक्तिहरूमा शिष्टाचार थिएन। रुखो र अशिष्ट बोलीचाली थियो” निरीक्षण अधिकृत डा. झाले भने, “उचित तापक्रममा नराखेका कारण दूध फाटेको र त्यही फाटेका दूधमा मिठाइ बनाएको पाइएपछि कारबाही गरिएको हो।”
झाका अनुसार अनुगमनका क्रममा करिब ५ किलोग्राम बिग्रिएको मिठाइ उत्पादक आफैँलाई नष्ट गर्न लगाइएको थियो। जरिबानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा बिक्री व्यवस्था मिलाउन, खानेकुराको गुणस्तर कायम गराउन, बिग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिइएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
